कबिर सिंहसत्ता !

कबिर सिंह पित्तृसत्ताकै अर्को स्वरुप हो, र’त कबिर सिंहसत्ता ! यस्ता सत्ता जुनसुकै स्वरुपमा आए पनि हामीले भत्काउन जरुरी छ ।

Continue reading

Advertisements

लाइफ ईज अ प्लुरल

गत वर्ष जन्मदिनको अवसरमा फेसबुकमा स्टाटस लेखेँ, “ठ्याक्कै ३१ वर्ष लागेछ बस् यत्ति थाह पाउन कि जिन्दगी त बहुवचन हो (It took me 31 years to realize Life is a PLURAL) ।” साथीभाइ, आफन्तले यसको अर्थ सोध्न थाले, लाग्यो हरेकलाई कमेन्ट गर्नुभन्दा बरु एउटा ब्लग नै लेख्छु तर न फुर्सद भयो न फुर्सद बनाइयो । ब्लग लेख्नपनि एक वर्ष लाग्यो ।

Birthday Status - 2018

Continue reading

पुरुष भएर बाँची हेर्दा !

Mensday Flex 3x7ftसन् २००४ को कुरा हो बुबाको असामयिक निधन भयो । म सायद १० कक्षा पढ्दै थिए । बुबा र आमा हाम्रो परिवारको अर्थ जोहो गरिदिने व्यक्ति हुनुहुन्थ्यो । ठूल्दिदीको त्यसबेला विवाह भइसकेको थियो र सान्दिदी स्नातकतह पढ्दै हुनुहुन्थ्यो । परिवारमा भावनात्मक मात्र हैन आर्थिक रुपमा पनि समस्या आइपरेको थियो । १३ दिने क्रिया बसाईमा धेरै आफन्तहरु आउनु भयो, शोक मनाउनु भयो, दुःख नमाने है भन्दै मल्हम पनि लगाउने प्रयास गर्नु भयो । तर मलाई सबैभन्दा उदेक लागेको कुरा भनेको चैं जो पनि आउँथे सबले हामीलाई अझ खासगरी मेरो दाजुलाई हेर्दै अब परिवार, आमा, दिदीहरु र भाइ तेरो जिम्मा भयो भन्दै जिम्मेवारी बोध गराउँथे । अरे यार ! मेरो दाइ भन्दा त मेरी दुईटी दिदी ठूला हुन्, आमा पनि त काम गर्दै हुनुहुन्छ, म कहिलेकाँहि नाटक खेलेर आक्कलझुक्कल पैसा कमाउँछु तर सबैको आश गगन (मेरो दाइ) मात्र थियो । यो जति मेरा लागि देख्दा र सुन्दा दिक्क लाग्दो थियो त्यो भन्दा कैयो गुणा पीडादायि दाजुको लागि थियो ।

Continue reading

सन्जोग ठकुरीसँगको कुराकानी

भाइबहिनीहरु, झुल्काको यो अंकमा हामी बालअधिकार क्षेत्रमा लागिरहनु भएका युवालयका संस्थापक युवा सन्जोग ठकुरीसँगको कुराकानी लिएर आएका छौं । उहाँ आजभन्दा २२ वर्षअघि बालक्लबको सदस्य हुनुभएको थियो र त्यसयता बालअधिकारको क्षेत्रमा विशेषगरी बालबालिकाको सहभागिताको अधिकारका लागि काम गरिरहनु भएको छ । नेपाली बालबालिकाको सहभागिताको अधिकारका लागि नीति बनाउने, अध्ययन तथा अनुसन्धान गर्ने र क्षमता अभिवृद्धि गर्ने कार्यमा उहाँ संलग्न हुनुहुन्छ । आउनुहोस् उहाँसँग झुलका लागि सुजिता अर्यालले गर्नुभएको कुराकानी पढौं है त ।

Interview Page 1१. तपाईँ यति लामो समयदेखि बालअधिकारको क्षेत्रमा लाग्नुभएको छ, तपाईँको बिचारमा बालसहभागिता भनेको के हो ?
बालबालिकाले आफ्नो जीवनमा प्रत्यक्षा प्रभाव पार्ने कुनै पनि विषयमा आफ्ना विचार, जिज्ञासा, प्रश्न, सहमति वा असहमति प्रकट गर्न पाउनु पर्ने अधिकार नै बालबालिकाको सहभागिताको अधिकार हो । उदाहरणको लागि रेखालाई बाबाले सागको तरकारी खान दिनुहुँदा उनले खान मानिनन् । रेखाको स्वास्थ्य दृष्टिकोणले सो साग नै खानुपर्ने छ भने बिनागाली गरी, बिनाडर वा त्रास देखाई सबैभन्दा पहिले त बाबाले उसको कुरा सुनिदिनु पर्छ । त्यसपश्चात रेखालाई उनले किन साग खानु पर्छ, त्यसका फाइदा, नखाएमा हुनसक्ने बेफाइदाका विषयमा भनिदिनु पर्छ । यसरी सहमति मा ल्याएर बालबालिकासँग गरिने निर्णय नै बालसहभागिता हो ।

Continue reading

व्युसा ल्यासे, मब्युस बुढी कुटी

आज योमरी पुन्हे अर्थात् चामलको रोटीमा चाकु हालेर पकाइने मिठो योमरी खाने दिन । वालापन नेवार समुदायमा वित्यो र नेवार समुदायकै विभिन्न संस्कृृतिहरूसँग रमाउँदै हुर्किइयो पनि । कसैको जन्मदिनमा दहि चिउरा बाँड्दा धौबजी माग्न जाने होस् या पाल्चा टिप्न जाने वा विहेको स्वाद सुकुभ्वईँ अर्थात् गुन्द्रीमा बसेर खाना खाने । वर्षभरी यस्तै पर्व र पर्व मनाउने नेवारी सभ्यताबाट हुर्कदै आइयो । सानोमा वर्षमा आइरहने यस्तै विभिन्न उत्सवहरू मध्ये कै एक हुने गर्दथ्यो योमरी पुर्णे ।

पुर्णेको दिन हामी घरघरमा साथीभाई द्यौसीभैलोमा जस्तै समूह बनाएर “योमरी च्वामु, उकी दुने हाकु । व्युसा माकु मक्युसा फाकु व्युसा ल्यासे । मब्युस बुढी कुटी” भन्दै गाउँदै घरघर गई योमरी जम्मा गर्ने गर्दथ्यौं । त्यो समय यो संस्कारसँगैको रमाईलो पनि थियो । आज विहान यो गीतलाई फेरी सम्झिएर nostalgic हुँदै गर्दा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा महिलाको आँखाबाट यो गीत हेर्ने जमर्को गरेँ । त्यसबेला पो मलाई महिलामाथिको विभेद पूर्ण संस्कारको बारेमा यो गीतले कति सहजै वयान गरिरहेको छ भनेर अनुभूत गरायो ।

Continue reading

मुसलमान उर्फ आतङ्ककारी

2aa

pic : Saroj Acharya

केहि हप्ता अघि एउटा अनौठो घटना घट्यो, सम्भवत नियमित incident । एउटा सभ्य र सुसंस्कृत परिवार भनिएकोमा हुर्किएको मेरो मित्र जो विद्वान उत्पादन गर्ने विद्यालय भनेर चिनिन्छ (जहाँ नेपाली कम बोलिन्छ) त्यहाँ पढेका तिनले अचानक कुरैकुरामा मलाई भन्यो, “यार तँ त दाह्री पालेर कस्तो मुस्लिम जस्तो देखिएको, हेर्दै पक्का आतंककारी ।” अनी समूहमा हाँसोको फोहरा ।

धर्म र संस्कारको सम्बन्ध ज्यादै नै अभिन्न हुन्छ र त यी दुई अमुर्त कुरालाई मुर्त मानिसले जीवनभन्दा प्यारो गरि जीवनपर्यन्तसम्म माया र आदर गरिरहन्छ । कतिले यिनैका नाममा जीवन लिने र दिने पनि गरेका उदाहरणहरू आजको २१ औं शताब्दी कथित हाम्रो समाजमा अहिलेसम्म पनि व्याप्त छ । संस्कार र धर्म असल शासन तथा सभ्य समाजको निर्माणका लागि भएको हो तर यसले सधैँ नेतृत्वको अभिलाषाको परिपूर्ति गरिरहेको हुन्छ । जे होस् धर्म र भगवान्भित्रको सत्यता आजको यो लेखको उद्देश्य होईन । अरु कुनै लेखमा चर्चा गरौंला ।

Continue reading

#HatemaloMemories

वि.सं. २०७२ माघ महिनाभरी मैले बाल समूहमा विताएका सन् १९९५ देखि सन् २००४ सम्मका अनुभवहरुलाई फेसबुकमा माध्यमबाट सेयर गरेँ । त्यसैलाई एकैठाउँमा हेर्न सजिलो होस् भन्नका लागि यहाँ राखेको छु ।

#‎Photo1

001

नेपालको एेन अनुसार १६ वर्ष मुनिकालाई बालबालिका भनिन्छ । हिसाब गरिल्याउँदा हातेमालो बालक्लब र हातेमालो संचारसँगको मेरो प्रत्यक्ष संलग्नता पनि १६ वर्षकै हाराहारीमा रह्यो । सन् १९९५ मा हातेमालो बालक्लबको सदस्य भएर सुरु भएको यात्रा सन् २०१० मा हातेमालो संचारको कार्यक्रम संयोजक सम्म पुग्यो । सन् १९९५ देखि २०१२ सम्मका तिनै सम्झनाहरु माघ महिनाभरि

Continue reading